Sorry, that menu does not exist.
 

भिमसेन उमाबिमा बिद्युतीय पुस्तकालय सन्चालनार्थ रकम सहयोग !

बागलुङ विहुँ २०७३ पुस २८ । बिहुँ गाविस १ सुल्डाँडा स्थित भिमसेन उमाबिमा स्थापना गरिएको बिद्युतीय पुस्तकालयका लागि जापानमा व्यवसाय गरी बस्ने पूर्व विद्यार्थीहरुबाट ५ लाख १८ हजार ३३ रुपयाँ सहयोग प्राप्त भएको छ । बिहुँ गाविस १ का कृष्ण सुवेदीको संयोजकत्वमा सो रकम संकलन गरिएको विद्यालयले जनाएको छ ।

भिमसेन माबिका पूर्व विद्यार्थीहरु स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकहरुबाट जापानमा जम्मा गरियको उक्त रकम खातामा जम्मा गरिएको बिद्युतीय पुस्तकालयका सदस्य सचिव एबम् बिद्यालयका भुतपुर्व विद्यार्थी डिल्लिराज उपाध्यायले जानकारी दिए ।

उक्त रकमको ब्याजबाट पुस्तकालयको बिस्तार मर्मत तथा शिक्षणमा नयाँ प्रबिधीको प्रयोगमा ल्याइने र सहयोगको रकमलाई उपयुक्त कार्यमा लगाउने उपाध्यायले बताए । यस अघी पनि बिधुतिय पुस्तकालयका लागि बिद्यालयका भुपु विद्यार्थी मणी सुबेदीले २ र शुभाश लामिछानेले १ कमप्युटर उपलब्ध गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply