Sorry, that menu does not exist.
 

कृषि विकास समिति गल्कोट:नवनिर्वाचित प्रतिनिधीको स्वागत एवं सरसफाई कार्यक्रम

थम्मन थापा सन्देश गल्कोट २०७४ जेठ २२ । कृषि विकास समिति गलकोट नगरपालिका ७ र ९ बागलुङले स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई भेटघाट तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले कृषि जिविकोपार्जनको लागि हो या व्यावसायीको लागि हो कृषक स्पष्ट हुनु पर्ने बताउदै पछिल्लो समयमा गल्कोटमा विदेश जाने प्रवृत्ति बढदै गईरहेकोले कृषि प्रति समुदाय निरुत्साहित हुदै गएको उल्लेख गरे । उनले अब कृषि प्रतिको आकर्षणको लागि जनचेतना जगाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नव निर्वाचित उपमेयर रेणुका काउचा, वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा नं ७ का महिला सदस्य पदमा नेपाली र कृषि विकास समितिका सहसचिव मित्र खरेलले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान समेत गरिएको थियो ।

कृषि विकास समितिका पदाधिकारीहरु, विभिन्न कृषि समुहका सदस्यहरु, सामाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम कृषि विकास समिति मल्मका अध्यक्ष पिताम्बर गौतमको अध्यक्षता, अग्नीधर सापकोटाको स्वागत र सचिव लक्ष्मण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


त्यस्तै विश्व वातावरण दिवसको अवसरमा गल्कोट नगरपालिका वडा नं ७ का विभिन्न स्थानमा सरसफाई गरिएको छ । स्थानिय घुम्टे प्रगति कृषि समुह, मुलपानी सप्ताहघाट महिला कृषक समुह र मिलिजुली महिला समुहले स्थानिय सप्ताहघाट, सानोखोला, खोलापारी, साहानीडाडाका टोल सडक तथा गोरेटो बाटोहरु सरसफाई गरेका छन । गलकोट नगरपालिका वडा नं ७ को आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply