Sorry, that menu does not exist.
 

काठेखोला-७ को पहिलो निर्णय : विपन्नका लागि सासुकोष, विद्यालयहरुमा फ्रि वाईफाई

बागलुङ, २०७४ जेठ २३ । काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले स्थानीय तहलाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि स्थानीय स्रोतको अधिकतम पहिचान र परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

काठेखोला गाउँपालिका वडा नंं. ७ रेशका वडा अध्यक्ष तथा सदस्यहरुको सोमबार आयोजित पदभार ग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
अरुको भर पर्ने, अरुले गरिदेला र हाम्रो विकास होला भन्ने सोचका कारण हामी नेपालीहरु आर्थिक तथा सामाजिक रुपमा पछि परेको भन्दै अध्यक्ष थापाले आफ्नो गाउँ ठाउँको विकास हामी आफै गर्ने हो भन्ने सोच विकास भएमा मात्रै रुपान्तरण संभव रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले मुलुकको सार्वभौमसत्ता जोगाउन, सामाजिक जागरण तथा आर्थिक विकासका लागि नेकपा एमालेको विकल्प नभएको दावी गरेका थिए ।

कार्यक्रममा काँठेखोला गाउँपालिका वडा नंं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले वडाको समग्र विकास लगायत सामाजिक रुपान्तरणको योजना बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम काँठेखोला गाउँपालिका वडा नं. ७ का सचिव मनोज कार्कीको अध्यक्षता, सामाजिक परिचालक मिना कार्कीको स्वागत र रेश स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।

वडा अध्यक्ष प्रेमबहादुर जिसी, काँठेखोला गाउँ कार्यपालिकाका सदस्य चित्रकुमारी थापा शारदा, वडा सदस्यहरु रुपा किसान, कृष्णबहादुर थापा र मुक्तिराम थापालाई सो अवसरमा स्वागत तथा वधाई ज्ञापन गरिएको थियो ।

यसैबीच काँठेखोला गाउँपालिका वडा नंं. ७ रेशको पहिलो वैठकले गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई दैवीप्रकोप लगायत आपत विपतमा सहयोग गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा तथा दैवीप्रकोप उद्धारकोष स्थापना गर्ने लगायतका निर्णय गरेको छ ।

वैठकले हरियाली अभियान अन्तरगत सो वडामा एक घर १० वटा विरुवा रोप्ने, सामाजिक सुरक्षा भत्ता वडाबटै वितरणका लागि पहलकमदी गर्ने, वडाका सबै जनाको वर्षमा एक पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने लगायतका निर्णय गरेको अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । वैठकले रेशका सबै सरकारी कार्यालय र विद्यालयहरुमा निशुल्क वाईफाई सेवा विस्तार गर्ने समेत निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply