Sorry, that menu does not exist.
 

नसर्ने रोगको नियन्त्रण गर्न खानपिन र शारीरिक व्यायममा ध्यान दिनु आवश्यक

कोपिला कंडेल, बागलुङ २०७४ जेठ २३ । पछिल्लो समय मान्छेमा नसर्ने रोगकोे प्रकोप बढ्दै गईरहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपालको कुल मृत्युदर मध्य ४६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

स्वास्थ बिकास तथा अनुसुन्धान केन्द्र काठमाडौ र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रमका सहभागीले नसर्ने रोगका नियन्त्रणका लागि संचारमाध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सहभागीले केही बर्ष पहिले सरुवा रोगको प्रकोप बढ्दै गएको भेटिएपनि पछिल्लो समय क्यान्सर, मुटुरोग रक्तचाप, डायबिटिज, र स्वाशप्रस्वास सम्बन्धी समस्या जस्ता नसर्ने रोगले बिकराल रुप लिदै गएको बताए ।

नसर्ने रोगको जोखिममा सबै भन्दा बढि बयस्कहरु प्रभावित हुने गरेको सहभागिको भनाई थियो ।
कार्यक्रमको सहजिकरण गर्दै हेल्थ मिडिया प्रालिका स्वास्थ्य पत्रकार पदमराज जोशीले धुम्रपान, मध्यपान अस्वस्थकर जीवनशैलीको अन्त्य गर्नुपर्ने, मोटोपना शारीरिक ब्यायामको कमी लगायतका कारण नसर्ने रोग बढ्दै गईरहेको बताए । उनले आफ्ना दैनिक आचारणमा सुधार गर्न र समयसमयमा स्वास्थ्य जाच गर्ने बानीको बिकास गर्न सके नसर्ने रोगको चाप स्वतं कम भएर जाने बताए ।

कार्यक्रममा धौलागिरि अन्चल अस्पतालका कन्सलटेन्ट डाक्टर सुजन गौतम , बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सुनिल कुमार जैसवाल र धौलागिरी अंचल अस्पतालका जनस्वास्थ्य निरिक्षक राम प्रसाद खनाल लगायतले सहजिकरण गरेका थिए । सो अवसरमा पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले पनि मन्तव्य दिएका थिए ।

कार्यक्रम निमित्त जनस्वास्थ्य प्रमुख जीवन कुमार शाक्यको अध्यक्षता, निरिक्षक राम प्रसाद खनालको स्वागत मन्तब्य र जिल्ला जनस्वास्थ्य कार्यालयका चुडामणी कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply