बागलुङ २०७४ जेठ २३ । बागलुङ जिल्लाका शिक्षाप्रेमी एवं कर्मठ समाजसेवी हेमराज शर्मा पौडेलको ८६ वर्षको उमेरमा केहि समय अघि स्वर्गारोहण भएको छ । शिक्षा एवं समाजसेवी शर्मा पौडेलको उपचारको क्रममा काठमाडौ स्थित शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । उनको जन्म विस १९८९ साल चैत २२ गते श्री राम नवमीका दिन पैयुँपाटामा भएको थियो । स्व शर्मा पौडेल पं दयाराम उपाध्याय पौडेल र इन्द्रकला उपाध्यायका आठ भाइ छोरा र दुई वैनी छोरी मध्येमा काहिला छोराहुन् । यिनका एक धर्मपत्नी केशरी शर्मा, दुइभाई छोराहरु किरण शर्मा र टुकराज शर्मा छन् ।
स्व शर्मा पौडेलको बागलुङ जिल्लाको खासगरी दक्षिण बलेवाक्षेत्रमा शिक्षाको विकास एवं विविध समामाजिक क्षेत्रमा उल्लेखनीय एवं अविष्मरणीय योगदान रहेको छ । सेवाहि परमोधर्म भन्ने मुलमन्त्र लिएर २००७ सालबाट हाल सम्म शिक्षा एवं समाज सेवामा अनवरत लागेका समाजसेवी शर्मा पौडेलको असामयिक स्वर्गारहणले जिल्लामा अपूरणीय क्षती पुगेको छ ।
समाजसेवी शिक्षा प्रेमी स्व शर्मा पौडेल विसं २००७ साल देखी नै बलेवा भेगका पैयुँपाटा, नारायणस्थान, अमलाचौर, कुस्मीसेरा लगायत ग्रामिण क्षेत्रहरुमा विद्यालयको स्थापना गरी शिक्षाको ज्याति पैmलाउने कार्यमा सक्रिय रहेका थिए । उनको सक्रियतामा स्थापित विद्यालयहरु हाल क्याम्पसका रुपमा सन्चालित भैरहेका छन् । पैयुँपाटाको त्रिभुवन मावि, बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस यसका ज्वलन्त उदाहरण हुन् ।
स्व शर्मा पौडेल केवल शिक्षाको विकासमा मात्र सीमित नरहेर स्वास्थ्य, बाटोघाटो, विमानस्थल निर्माण देखी सामाजिक उत्थानका विविध क्षेत्रमा अनवरत लागेर बलेवा क्षेत्रको सर्वांगिण विकासका सुत्रधार मानिन्छन् । धार्मिक प्रबृत्तिका स्व शर्मा पाडेल धार्मिक, शैक्षिक, सामाजिक आदि दर्जनौ संस्थाहरुको अध्यक्ष पदमा रहेर सामाजिक क्षेत्रमा अमुल्य योगदान पुराउदै आएका व्यक्तित्व हुन् ।
स्व. शर्मा पौडेलले नेपालका अधिकाँश देव देवताका मठ मन्दिरको दर्शन गरेका छन । उनले २०३० सालमा जर्मनमा आयोजित युवक संगठनको कार्यक्रममा सहभागी बनेका थिए । उनको नाममा हेमराज शर्मा प्रतिष्ठान स्थापना गरिएको छ भने यसबाट विविध विधाका व्यक्तित्वहरुलाई पुरस्कृत गरिने गरिन्छ । स्व शर्मा पौडेलका विभिन्न कृतिहरु प्रकाशित छन् । स्व. शर्मालाई २०७० सालको असार १८ गते सुगंगा स्मृति कोषबाट प्रदान गरिने सुगंगा सम्मानबाट सम्मानित व्यक्तित्व हुन् ।
स्व शर्मा पौडेल कुशल राजनीतिज्ञ मानिन्छन् । विसं २०३० सालमा स्व शर्मा पौडेल धौलागिरी अन्चल पन्चायतका अन्चल सभापति निर्वाचित बनेका थिए । उनी २०३६ साल पछी नेपाली काँग्रेसमा आवद्ध रहेर राजनीतिमा सक्रिय रहँदै आएका थिए ।
स्व. शर्मा पौडेलले विविध क्षेत्रमा पुराएको उल्लेख्य योगदानका बारेमा केहि जानकारी मिलोस भनी उनको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ ।
शिक्षा एवं समाजसेवी स्व हेमराज शर्मा पौडेलको संक्षिप्त परिचय
पौडेल वंशीय आत्रेय गोत्रका पं दयाराम उपाध्याय पौडेल र इन्द्रकला उपाध्यायका आठ भाइ छोरा र दुई वैनी छोरी मध्येमा काहिला हेमराज शर्मा पौडेलको जन्म १९८९–१२–२२ गते श्री राम नवमीका दिन बागलुङ जिल्ला पैयु“पाटा गाविस वार्ड नं–१ सातविशे गाउ“मा भएको थियो । पंडित परिवारमा जन्म लिनु भएकाले व्राहमण कुलीय प्रारम्भिक शिक्षा घर परिवारमा नै प्राप्त गर्नु भएका र आचार्य गुरु पं। उमानाथ उपाध्यायबाट सस्कृत व्याकरण पढन थालेर बागलुङ फलेवास, कुश्मा, कास्की, सल्यान, पोखरा विन्ध्यावासिनी, काठमाडौं, रानीपोखरी र स“स्कृत महाविद्यालय काठमाडौ आदि ठाउका विद्यालय महाविद्यालयमा गई स“स्कृत साहित्यमा शास्त्री सम्म अध्ययन गर्नु भएको छात्रावस्थामा नै जयतु सस्कृतम्का अग्रणी नेताहरु पूर्णप्रसाद व्रँम्हण श्रीभद्र शर्माका अनुयायी हुनुहन्थ्यो ।
नजिकमा पढने पाठशाला नहुदा दुःख पाएकोमा पाठशाला गाउ शहर जहासुकै हुनुपर्दछ । पढन सबैले पाउनुपर्छ भन्ने दृढ भावना भएकोले २००६ सालमा पाठशाला पाउ“ भनी गरेका माग निवेदन अनुसार २००७ साल अशोजमा पैयु“पाटा बलेवामा पाठशाला निकासा भै आएकाले पाठशाला भवन तयार गरेर २००७–१०–१ गतेका दिन बलेवा पैयुपाटा प्रारम्भिक पाठशाला स्थापना भै पढाउने काम संचालन भएको हो । यो पाठशाला बागलुङ दक्षिण भेगकै पहिलो गुरु पाठशाला हो ।
हेमराज शर्मा पौडेलको विद्यार्थी अवस्थाकै यो दिन २००७–१०–१ गते शिक्षा एवं समाज सेवाको श्री गणेश गरेको शुभदिन शुभ मुहर्त हो । यहि दिनबाट थालनी भएको शिक्षा एवं समाजसेवाको काम अहिले २०६९ साल सम्म अविछिन्न रुपले निरन्तर सक्रिय भई कार्यरत रहिरहन पाएकोमा आफूलाई ठूलो भाग्यमानी सम्झनु हुन्छ । आफ्नो अचल जग्गा पितृव्यको सुर्का वेचेर सरकारी एवं गैरसरकारी कार्यक्रममा फुर्का ९व्याच० लगाएर रमाई–रमाई शिक्षा एवं समाज सेवाका काममा ९सेवाहि परमोधर्म० भनेर २००७ सालबाट हाल सम्म शिक्षा एवं समाज सेवामा काम गरी रहेर नथाक्ने हेमराज शर्मा पौडेल हुन् । २००७–१०–१ बाट प्राथमिक पाठशाला र २०१४ बाट प्रा।वि।, २०१७ बाट मिडिल स्कुल, २०१८ बाट जुनियर हाई स्कुल, २०१९ बाट हाई स्कुल र हालमा त्रि।उ।मा।वि। मा विकसित भई संचालन भई रहेको छ । त्रिउमावि को कम्पाउण्ड भित्रै २०४७ सालबाट बलेवा पैयुपाटा बहुमुखि क्याम्पस संचालन हुदै आएको छ । अहिले क्याम्पसमा विए, विएड विषयका कक्षा संचालन भईरहेको छन् । देशमा पव्लिक विश्व विद्यालय स्थापना गर्ने, अनि बलेवा पैयुपाटा बहुमुखि क्याम्पसमा पनि डिग्री कक्षा संचालन गर्ने उनको इच्छा थियो । यस क्याम्पसमा संस्थापक अध्यक्ष, व्यवस्थापन समितिको अध्यक्ष र प्रधान संरक्षक पदमा रही काम गर्नुभएको छ ।
हेमराज शर्मा पौडेल संचालक समितिको सेक्रेटरी भई बलेवा नारायणस्थानमा, बलेवा अमलाचौरमा संचालन भएका प्रा।वि। विद्यालयहरु, जनता धन उच्च माध्यमिक विद्यालय नारायणस्थान र पृथ्वी उच्च माध्यमिक विद्यालय अमलाचौरमा विकसित भएर संचालन भई रहेका छन् ।
२००७ सालको नेपाली काग्रेसको क्रान्ति सफल भए पछि पनि बागलुङ जिल्ला एवं दक्षिणी भेगका मुखिया ठालु, फटाहाहरुले हेमराज शर्मा पौडेलले क्रान्तिका बेला गाउदै हिडेका गीतको घोर विरोध गरका थिए । उफ्री–उफ्री हलो जोतेर गाउने गरेका गीत यस्ता थिए ।
मान्छे ठूलो कामले हुन्छ, जातले हुदैन,
आफ्नो हलो आफै जोत जात नै जादैन ।
आफ्नो काम आफै गर, जातको नलेउ डर,
मुखिया र फटाहाको नपरे है भर ।
हलो जोत खेती गर वस्तु भाउ पाल,
छोरा छोरी सबैलाई पढाउन थाल ।
झिलझिल झिल्कने विजुली जस्तै झलल पार्ने छौं,
सस्कृति हाम्रो वैदिक कला मेटिन दिदैनौ ।
यो जन्मभूमि सुधार गर्न हिम्मत हार्दैनौ । इत्यादि
यस्ता गीत गाउदै काम गरि हिड्ने हेमराज शर्मा पौडेललाई हलो जोत्ता जात फाला भनेर सामाजिक बहिष्कार गर्न पनि बाकी मानेनन् । चारतारे झन्डा जात फाला का“ग्रेसको हो । यसका पछि नलाग्नु भनेर मुखिया तालुकदार फटाहाहरुले कटुवाल लगाएर उर्दी सुनाउदा जनता डराएकोले जनतामा चेतना जागृत गराएर सक्षम बनाउने लक्ष्य राखेर ओम झन्डा भएको ग्राम सुधारक विद्या सत्य प्रचारीणी समिति २०१० गठन गरेर बलेवा, दमेक, थन्थाप, छिस्ती समेतका गाउ“हरुमा भ्रमण गर्दा जनचेतना जार्गित भएर काम गरेर २०१४ सालमा थन्थाप बिनामारेमा दुई दिने विद्यार्थी सम्मेलन सम्पन्न भएको थियो । समितिको विधान पढ्नुहोस सबै थाहा हुनेछ ।
२०१२ सालमा कुश्माबाट बलेवा हुदै गलकोट सम्म जाने मूलबाटोमा पर्ने नारायणस्थानबाट पैयुपाटा सम्म जाने ठाडो उकालो मुलबाटो स्थानीय जनताको श्रम सहयोग चन्दा जुटाएर ढुङ्गे सिढी भएको ठाडो मुलबाटो निर्माण गरेका हुन् । त्यो बाटो अहिले सम्म पनि छदैछ ।
पिताजीको इच्छा पूरा गर्न २०१३–०४–१२ गते थन्थाप बिनामारे पाठशालाको प्रअ पदमा हेमराज शर्मा पौडेल नियुक्ति भई बिनामारेमा पढाउदा पक्कि पाठशाला भवन निर्माण भएको थियो । त्यो काम अहिलेसम्म ताजा जस्तै छ ।
२०१४ सालमा पैयु“पाटामा हंसबाहिनी पुस्ताकलय स्थापना गरि सञ्चालन गरेर २०२३ सालमा पुस्ताकालय त्रि।मा।वि। पैयु“पाटालाई हस्तान्तरण गरेका हुन् । अहिले सो पुस्ताकलय त्रि।उ।मा।वि। को ग्रिनक्लवका विद्यार्थीहरुले सञ्चालन गरिरहेका छन् ।
२००७ सालबाट सञ्चालित पाठशालामा पाठ्यक्रम परिवर्तन गरेर २०१४ सालमा विद्यालयको पाठ्यक्रम पनि समावेश गरेर पाठशालामा पढाउदा प्रा।वि। मा ठुलो उन्नती प्रगति भएको थियो ।
२०१४ सालमा जि।वि। वोर्ड बागलुङको सदस्यमा हेमराज शर्मा पौडेल मनोनयन भएपछि पैयु“पाटा, नारायणस्थान, अमलाचौर, बिनामारे आदि ठाउ“मा पाठशाला भवन निर्मांण गर्न रु ५००÷– का दरले अनुदान उपलब्ध गराएका हुन् । त्यस्तै
२०१५ सालमा धापाखोला समेतका चारखोलाबाट जुहारासम्मको खेतमा सिंचाई गर्न रु ३,०००÷– अनुदान उपलब्ध गराई सिञ्चाई कुलो निर्माण कार्य सम्पन्न गरेका हुन् । त्यस्तै सीमखेतको मुलबाट जुहारासम्मको खेतमा सिंचाई पु¥याउन पनि कुलो मर्मत गराई पानी चलाएको कुरा अहिले सम्म छदैछ ।
२०१७ साल भाद्र १ गते विद्यालयको व्यस्थापक भएर त्रिभुवन मिडल स्कुल पैयु“पाटाको उद्घाटन गराउनको साथै बागलुङ बजारको हुलाकबाट गुल्मी जिल्लाको पुर्तिघाट सम्मको दक्षिणपट्टीको हुलाक लाइन जोड्ने गरि पैयु“पाटामा सहकारी हुलाकको मुख्य केंन्द्र राखेर सहकारी हुलाक सञ्चालन गर्न प्रतिनीधि मुकरर भई सहकारी हुलाक उद्घाटन गरेर बागलुङबाट पैयु“पाटा, अमलाचौर, कुश्मिशेरा, बिनामारे, जैदी, छिस्ती हु“दै गुल्मीको पुर्तिघाटसम्मको सहकारी हुलाक दश बर्ष सम्म स्वयम्सेवामा संचालन गरेर २०२५ साल असार २५ गते सम्म यो हुलाकलाइन पुर्तिघाटमा जोडी सहकारी हुलाकको समयमा सहकारी हुलाक सञ्चालन गर्दाका समयका टकढक कागजपत्रहरु हुलाकसेवा विभागलाई बुझाएका हुन् ।
२०१७ साल मंसिर महिनाबाट बलेवाली जनताको श्रम, चन्दा, सहयोग र जग्गा समेत दिएर बलेवा डुङ्गाचौरमा बिमानघाट २०१७, २०१८, २०१९ तीन वर्षं लगाएर बलेवाली जनताको लाखौ लाखको श्रमदानबाट बिमानघाट तयार भई हवाइ विभागलाई सुम्पेपछि बलेवा विमानघाटबाट मुस्ताङको जोमसोम, कास्किको पोखरा, चितवनको भरतपुर, रुपन्देहीको भैरहवा, काठमाडौंको गौचर विमानघाटमा नियमित हवाई संचालन भईरहेको थियो । बागलुङबाट बलेवा विमानघाटमा आउने मोटरबाटो निर्माण नभएकोले र बागलुङ पोखरा मोटरबाटो सञ्चालन भएकोले हालमा बलेवा विमानघाटमा हवाई सर्भिस थकित रहेको छ । बागलुङ बजारबाट वलेवा विमानस्थल सम्म कालोपत्रे मोटरबाटो भएपछि पहिले जस्तै हवाई सर्भिस यथावत चल्नेछ भन्ने बलेवाली जनताको विश्वास छ भनेर भन्छन् हेमराजशर्मा पौडेल।
२०१८ सालमा हंसबाहिनी पुस्ताकलय भवन पैयु“पाटामा निर्माण गरिएको थियो । परिवर्तनले गर्दा अहिले सो भवन इतिहास भइसकेको छ ।
२०१८ सालमा अष्टग्राही योग परेकाले त्यसको सान्ति स्वस्ति गर्न महायज्ञ नया“ पुस्ताकालयमा स्थापना गरि सञ्चालन गरेर यज्ञको अवशेष रकम त्रि।मा।वि। पैयु“पाटामा हेमराज शर्माले लगाउनु भएको थियो । महायज्ञ गरेर यज्ञ अवशेषको रकम विद्यालयमा लगाउने परम्परा पैयु“पाटाबाट नै प्रारम्भ भएको हो ।
२०१९ सालमा बागलुङ बजारमा रहेको आर्युवेद औषधालय बागलुङ बजारबाट पैयुपाटामा सारिदिनु भन्ने तत्कालीन राजाको हुकुम परमान्गी गराएर पैयुपाटामा ल्याई औषधालय भवन बनाई हेमराज शर्माले औषधालय स्थापना गरेका हुन् ।
थन्थाप बिनामारे पाठशालाबाट २०१६–०५–२६ गते पैयु“पाटा पाठशालामा सरुवा भई आएका हेमराज शर्मा पौडेल शिक्षा एवं समाजसेवाका कामहरु गरेर चौतर्फी विकास गर्न सरकारी सेवाका जागिरमा बसेर सम्भव नभएकोले २०१९–०५–१० गते सरकारी जागिरबाट राजीनामा गरि शिक्षा एवं समाजसेवाका काम गर्न अग्रदुत भएर हिडेको र अग्रसर भएर काम गरेका हु“दा बलेवा प्रारम्भिक पाठशाला त्यतिबेला त्रि।मा।वि। मा गाभ्ना पनि मिल्दैन र गाभेर पनि पढाउन पाइदैन भनेर शिक्षा विभागले भनेकोले म्याग्दी जिल्ला ताकुम धारापानी भन्ने ठाउ“मा बलेवा पैयु“पाटा प्रारम्भिक पाठशाला शिक्षा विभागले सारिदिएको हो ।
नेपाली का“ग्रेसका जिल्ला एवं गाउ“का कार्यकर्ताले आफू का“ग्रेसी सिद्धान्तमा अटल रहेर जनता र कार्यकर्ता बचाउन विकास र निर्माणका कामहरु गर्न पञ्चायत र वर्गिय संगठनमा पनि भाग लिन सकिने छ भन्ने निर्णय भएपछि २०१९ सालमा हेमराज शर्मा पौडेल नेपाल युवक संगठनमा भाग लिएर जिल्ला सभापति निर्वाचित भएपछि त्यसै वर्ष भएको चुनावमा नेपाल युवक संगठनको अञ्चल सभापति पदमा हेमराज शर्मा निर्वाचित भएका हुन् । त्यसपछि २०३२–२०३३ साल सम्म अविछिन्न अञ्चल सभापति पदमा निर्वाचित भई काम गर्नु भएको थियो ।
२०१९–०३–१० गते बागलुङलाई पोखरासम्म जोड्ने मोटरबाटो निर्माण गर्ने बारेमा पर्वत जिल्लाको दोबिल्लामा बागलुङ, पर्वत, कास्कि जिल्लाको संयूक्त बैठकमा भाग लिन बागलुङको प्रतिनीधित्व गरेर हेमराजशर्मा पौडेल गएका थिए ।
२०१९ सालमा धौलागिरी अञ्चल बागलुङ जिल्लामा इन्टर कलेज संचालन गर्न थालेपछि पनि विद्यार्थीको अभावले चल्न सकेन र त्यसै रहेको थियो ।
२०२२ सालको जेठबाट पुनः सो कलेजको कक्षाहरु विद्यामन्दिर विद्यालयको भवनमा संचालन हुन थालेपछि २०२२ साल मंसिर महिनामा कलेज संचालन गर्नको लागि धौलागिरी अञ्चलाधीस मकरबहादुर वान्तवाले अञ्चल स्तरिय वृहत भेला गरेर अञ्चल सभाबाट पारित गराएर तिराको आधा रकम चन्दास्वरुप उठाउने निर्णय गराएपछि जिल्ला भरिको निमित्त निश्चित चन्दा दर तोकि अनिवार्य रुपले उठाउन कानुनले नमिल्ने र जनताले आफ्नो स्वइच्छाले जति दिन्छन त्यति चन्दा उठाउन हुने साथै धौलागिरी अञ्चलमा अहिले नै कलेजका आवश्यकता वा उपयोगिता भइसकेको छैन सो समेत राम्ररी विचार गरि त्रिभुवन विश्वविद्यालयको स्वीकृति प्राप्त गरेपछि मात्र कलेजको स्थापनाका सम्बन्धमा कुनै कुरा उठाउन बाञ्छनीय हुने छ भन्ने व्यहोराको पत्र ।
गृह पञ्चायत मन्त्रालयबाट लेखी आए पनि धौलागिरी अञ्चल भरिका जनताबाट तीराको आधाको दरले चन्दा जम्मा गरेर बागलुङमा इन्टर कलेज सञ्चालन गर्न थालिएको क्याम्पसमा २०२२ सालबाट २०३६–२०३७ सालसम्म विभिन्न पदमा रहि संस्थापक सदस्यका हैसियतले अहिलेको धौलागिरी अञ्चल क्याम्पसमा त्यतीबेला हेमराज शर्मा पौडेलले संचालन गर्ने काम गर्नु भएको थियो ।
२०२२ सालबाट सेवाहि परमो धर्ममा पूर्ण विश्वास गर्ने हु“दा हेमराज शर्मा पौडेल नेपाल रेडक्रस सोसाइटिमा काम गर्न अग्रसर हुनु भएकोले २०२२–०४–१६ गते नेपाल रेडक्रस सोसाइटि क्षेत्रिय समितिको सदस्य पदमा काम गर्दै आएका र २०२६ सालमा जिल्ला शाखाको भवन निर्माण समितिको सदस्य पदमा रहि योगदान गर्दै आएका हुन् । २०४६–०८–०९ मा आजीवन सदस्यता लिएका र २०५३–०९–१२ गते पैयु“पाटा उपशाखा कार्य समितिको सदस्य पदमा निर्वाचित भई नेपाल रेडक्रस सोसाईटीको उद्देश्य अनुसार मानवीय सेवा कार्यमा सेवा पु¥याउदै आएका छन् ।
२०२२–०५–१० गते सुनौली पोखरा राजमार्गबाट छिटो, छरितो सुगम तरीकाबाट गण्डकी धौलागिरी अञ्चल मोटरबाटो अथवा सुनौली पोखरा मोटरबाटोमा धौलागिरी अञ्चल जोड्ने मोटरबाटो जोड्ने सम्बन्धमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा भएको बागलुङ, पर्वत, स्याङजा, कास्की जिल्लाका प्रतिनीधिहरु भएको संयूक्त सम्मेलनको निर्णय अनुसार मोटरबाटोको सर्वे गराएर निर्माण कार्य प्रारम्भ गर्ने अधिकार धौलागिरी अञ्चलाधिश मकरबहादुर वान्तवालाई दिए अनुसार समितिको अध्यक्ष मकरबहादुर बान्तवा र सचिव हेमराज शर्मा पौडेल भएको बागलुङ पुतलीखेत मोटरबाटो निर्माण समितिले २०२२ साल पुष १ गतेबाट खन्न थालेर बागलुङ बजारबाट वलेवा विमानघाट, जैमुनीघाट, फलेवास, थापाठान, आरुचौर, शिरुबारी, दरौ ह“ुदै आ“धीखोला गैरिजागर, स्याङजा करेनडा“डा सम्मको मोटरबाटोको माटो खन्ने काम सम्पन्न गरेर यसरी स्थानीय जनताको श्रमदान सहयोगमा करोडांैको रकम लाग्ने बाटो खन्ने काम सम्पन्न भई सकेकाले पञ्चबर्षिय योजनामा समावेश गराइयोस भनेर माग गर्दा पञ्चवर्षिय योजनामा परेपछि पोखराबाट सुर्खेत सम्मको मोटरबाटो बागलुङ हु“दै चीन सरकारले बनाइदिने सम्झौता भएपछि चीन सरकारको आन्तरिक कारणले गर्दा धेरै वर्षसम्म मोटरबाटो सम्पन्न हुन सकेन । रात रहे अग्राख पलाउ“छ भने जस्तै पोखरा बागलुङ मोटरबाटो निर्माण हुने बेलामा मोटरबाटोको रुट नै बदलेर राम्रो उच्च कोटीको बनाउने भनेको कुरा हल्ला मात्रै भएर कनिष्ट खालको मोटरबाटो निर्माण हुन आएको छ । समयको ढिलाईले गर्दा मोटरबाटाको रुट बदलिदा बागलुङ जिल्लाको दक्षिण भेग धेरै वर्ष सम्म पछाडि पर्न गएको कुरा सबैलाई थाहा छ ।
२०२३–०२–२९ गते तत्कालीन राजा श्री ५ महेन्द्रबाट गोरखा दक्षिणबाहु चौथो “प्रगोदबा” तकमा विभुषण हेमराज शर्मा पौडेललाई प्राप्त भएको छ ।
२०२४–०२–२९ गते तत्कालीन राजा श्री ५ महेन्द्रबाट हेमराज शर्मा पौडेललाई आदर पत्र प्राप्त भएको छ ।
२०३२–०९–१४ गतेमा तत्कालीन राजा श्री ५ वीरेन्द्रबाट आदर–पत्र प्राप्त भएको छ ।
२०२८–२०२९ बाट स्थानीय जनशक्ति परिचालन गरेर त्रि।मा।वि। का व्यवस्थापक हेमराज शर्मा पौडेल सक्रिय भएर त्रि।मा।वि। पैयु“पाटाका लागि लाखौ लाख लाग्ने विशाल एवं भव्य पक्कि भवन निर्माण गरेर चन्दादाताको नाम पनि भ्mयाल ढोकाका खापामा नै नेम प्लेट टा“सिदिएर तत्कालीन मन्त्रि श्री भद्र शर्माबाट उद्घाटन गर्ने कार्य सम्पन्न गरेको भवन निर्माण कै समयमा उहा“का कुनै मित्रले हेमराज शर्मा पौडेलले विद्यालय भवन निर्माण गर्दा लाखौ लाख भष्ट्राचार ग¥यो भनेर विशेष प्रहरी विभाग सिंह दरबारमा गोप्य उजुर दिएछन र राजनैतिक प्रेसर पनि लगाएर गिरप्mतार गरि ३६ दिनसम्म हनुमान ढोका खोरमा लगि थुनेर जा“चबुझ गर्ने गर्दा भष्ट्राचार गरेको भन्ने कही, कत,ै केही पनि नदेखिएकाले हेमराज ज्यूलाई सफाई दिएको थियो । सरकारी सहयोग बिना यति ठूलो काम गर्दा पनि यस्तो उजुर परेर थुनिनु पर्ने हुनाले सामाजिक काम जनसहयोगबाट सम्पन्न गर्दा सजिलो, अप्ठ्यारो कस्तो भएहोला भन्ने कुरा अनुमान गर्न सकिने भएको छ ।
२०३४ सालबाट भव्य एवं विशाल विद्यालय भवन बनायौ त्यस्तै त्रि।मा।वि। का विद्यार्थी बस्ने छात्राबास भवन पनि बनाउने भनेर निर्माण गर्न थालिएको विशाल एवं भव्य भवन धौलागिरी अञ्चलमा नै सामाजिक भवन मध्येमा ठुलो र अत्यन्त प्रशंसनिय भएकोले तत्कालीन राजा श्री ५ वीरेन्द्रका नामबाट नामाकरण गरेर वLरेन्द्र छात्राबास नाम राखेको र श्री ५ वीरेन्द्रबाट उद्घाटन गराउने कार्यक्रम बनेकोमा विकट ग्रामीण क्षेत्रमा सुरक्षा पुग्दैन कि भनेर राजाबाट उद्घाटन नभएको भवनको निर्माण कार्य चलिरहेको बेला छात्राबास बनाउ“दा, कालीगण्डकीमा झोलुगे पुल बनाउदा, घोरेटो बाटो बनाउदा लाखौ लाख भष्ट्रचार ग¥यो भनेर यसपटक पनि विशेष प्रहरी विभाग सिंहदरबारमा गोप्य उजुर दिएर प्रेसर गर्न लगाएछन् र यसपटक पनि गिरफ्तार भई अड्डासार भएर सिंहदरबारमा पुगि हाजिर भएर ७–८ दिनसम्म प्रहरी हिरासतमा बसेर विप्रवि बाट कारबाही हुदा झुट्टा उजुर ठहरेकोले सफाइ पाएर आएका हुन् ।
२००७ साल माघ १ गतेबाट बिकसित हुदै अगाडि लम्कदै गरिरेहेको त्रि।मा।वि। पैयुपाटाको विशाल एवं भव्य वीरेन्द्र छात्रबास भवनमा स्थानिय जनशक्ति परिचालन गरेर बलेवा पैयुपाटा क्याम्पस स्थापना गरि संस्थापक अध्यक्षको हैसियतले २०४७–०८–२५ गते स्विकृति लिएर क्रमशः संकाय थप गर्दै अगाडि बढ्दै गर्दा अहिले बिए, बिएड सम्मका कक्षाहरु सु–संचालन भइरहेका छन् ।
२०३४ सालको माघे संक्रान्तिको मेलाको दिन कालीगण्डकी जैमिनिघाटको झोलु¨े पुल छिनेको र ज्यादै जीर्ण भएका कल्लेरी घाट र नया पुल घाटका झोलुu] पुलको सामानहरु जुटाएर कालीगण्डकी जस्तो ठूलो नदीमा हेमराज शर्मा पौडेलको सक्रियतामा झोलुंगेपुल बनेका हुन भने कल्लेरी घाट र नया“पुल घाटको पुल रुपान्तरण भएपनि जैमिनि९घाटको पुल अहिलेसम्म पनि यथावत छदैछ ।
शिक्षा एवं समाजसेवी हेमराज शर्मा पौडेलले संकल्प गरेर निम्न तीन संस्थामा आजीवन दैनिकी मुष्ठिदान गर्ने गर्नु भएको छ ।
२०४७–०८–२५ गते स्थापना गरी संचालन गर्दै आईरहेको बलेवा पैयु“पाटा बहुमुखि क्याम्पसको अक्षय कोषमा रहेको रकममा दैनिकी रकम थप गर्दै जाने ।
२०४९–०८–२५ गते स्थापन गरी संचालन गर्दै आईरहेको हेमराज शर्मा पौडेल शिक्षा साहित्य संगीत कला प्रतिभा पुरस्कार संस्थाको अक्षय कोषमा रहेको रकममा दैनिकी रकम चन्दा थप गर्दै रहने ।
२०४९–०७–०८ गतेबाट योजना गरेर स्थापन गरी पुजा संचालन गर्दै आइरहेको लक्ष्मीनारायण भगवानको नियमित पुजा संचालन गर्न राखेको अक्षयकोषको रकममा दैनिकी चन्दा रकम थप गर्दै जाने गर्नु भएको छ ।
२०२७–७–२१ गते नेपाल बाल संगठन जिल्ला शाखा बागलुङको उपसभापति पदमा ने।बा।संघ।के।का। काठमाण्डौबाट मनोनित भएबाट कार्यरत रहदै आएका हेमराज शर्मा पौडेल पुनः २०५३–११–१२ मा सदस्य पदमा मनोनियत भई आएर कार्यरत रहिरहदा २०५४–०४–२७ मा उपसभापति पदमा निर्वाचित र २०६१–०४–२१ मा कार्यवाहक सभापति र त्यसपछि भएका निर्वाचनमा पनि सभापति पदमा निर्वाचित भई नेपाल बाल संगठन जिल्ला कार्यसमितिको सभापति पदमा रहि वाल संगठनको उद्देश्य अनुरुप काम गरिरहनु भएको छ ।
२०५३–०५–०५ मा सदस्य पदमा मनोनित भई हालसम्म हेमराज शर्मा पौडेल जिल्ला वालकल्याण समितिमा काम गरिरहनुभएको छ ।
२०५६–०९–०२ गते बलेवा नगर विकास समितिको अध्यक्ष पदमा हेमराज शर्मा मनोनित भएर २०६४–०३–२० गतेसम्म काम गर्नुभएको हो ।
२०४९ सालबाट विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङको अध्यक्ष पदमा निर्वाचित भई हालसम्म काम गर्दै रहनुभएको छ ।
२०५६–०५–२३ गते बाट श्री मुक्तिनाथ तीर्थ यात्री सेवा समिति बागलुङको सदस्य पदमा रहेर सेवाको काम गरिरहनुभएको छ ।
२०५०–१२–३१ मा ग्रामिण जागरण मञ्च नामको सामाजिक संस्था दर्ता गरेर संस्थाको संस्थापक अध्यक्ष पदमा रहेर ग्रामीण खानेपानी तथा सरसफाई संस्था काठमाण्डौ ९फन बोर्ड० बाट सहयोग जुटाएर निम्न जिल्लाका निम्न गा।वि।स। का जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै साक्षरता कार्यक्रम महिला शसक्तिकरण आयमुलक कार्यक्रम, बाख्रापालन कार्यक्रम, पाडापाडी पालन कार्यक्रम आदि सञ्चालन गर्दै आएका छन् ।
पर्वत जिल्लाको पाङ गा।वि।स। को गावा ढकढकेमा र नाङ्गलीवाङ गाविसको खनीयाघाट गाउमा र ठानामौला गाविस को अरचले गाउमा ।
बागलुङ जिल्लाको दमेक गाविस को बनौ गाउमा, भुसाल बासे गाउमा, पैयु गा।वि;को कालीमखोला विजुवा गाउमा, सरकुवा गाविस को सरकुवा र मौला ६ गाउमा, कुश्मिशेरा गा।वि।स। को शेरा, टारा, ठा“डाखेत आदि गाउ“मा । अमलाचौर गा।वि।स। को सरङ्गी, अमलाचौर, सम्मचौर, बडडाडा, चिप्लेटी, कालुङ्गा, पैयु“पाटा गा।वि।स। को १,२,३,४,५,६,७,८ वार्डमा ।
हेराजशर्मा पौडेलले स्वदेश र छिमेकी देश भारतका विभिन्न तिर्थस्थलहरुको भ्रमण अवलोकन गर्नु भएको थियो ।
शर्मा २०३०–०४–०२ गतेका दीन दशौ विश्व युवा महोत्सव भाग लिन जर्मनीको बर्लिनमा जाने नेपाली प्रतिनिधि मण्डलको सदस्यमा सहभागी हुनु भएको थियो ।
१ अध्यक्ष लक्ष्मीनारायण सेवा समिति, पैयुपाटा–१, सातविशे, बलेवा, बागलुङ
२ लक्ष्मीनारायण पुस्तकालय संचालक समिति, पैयुपाटा–१, बागलुङ
३ बलेवा पैयुपाटा बहुमुखि क्याम्पस संचालक समिति, बागलुङ
४ बागलुङ एफएम, बागलुङ रेडियो संचालक समिति, बागलुङ
५ विश्वहिन्दु महासंघ जिल्ला समिति, बागलुङ
६ सभापति नेपाल बाल संगठन जिल्ला समिति, बागलुङ
७ उपसभापतिः नेपाल किसान संघ जिल्ला समिति, बागलुङ
८ सदस्य मुक्तिनाथ तिर्थयात्री सेवा समिति, बागलुङ
९ जिल्ला बाल कल्याण समिति, बागलुङ
१० सल्लाहकार त्रिभुवन उ।मा।वि।, पैयु“पाटा, बागलुङ
११ गणेश मा।वि। नारायणस्थान–५, ठा“टी, बागलुङ
१२ बलेवा सहकारी संस्था लि।, नारायणस्थान, बागलुङ
१३ भूतपूर्व सैनिक समाज, पैयुपाटा, बागलुङ
१४ राष्ट्रिय व्रँम्हण समाज जिल्ला समिति, बागलुङ
१५ पैयुपाटा स्वास्थ्य संस्था, व्यवस्थापन समिति, बागलुङ
१६ आर्युवेद औषधालय विकास समिति, पैयु“पाटा, बागलुङ
१७ नेपाल पव्लिक क्याम्पस संघ, केन्द्रिय कार्यसमिति, काठमाडौं
साभार हेमराज शर्मा प्रतिष्ठान पुस्तिकाबाट