बागलुङ २०७४ जेठ २५ । सांसद प्रकाश शर्मा पौडेलले हरेक परिवार कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बिहिवार बागलुङको कुश्मिसेरामा करेसाबारी ब्यवस्थापन तालिमको उद्घाटन गर्दै पौडेलले आफ्नै घरमा करेसाबारीमा मौसमी तथा बेमौसमी तरकारीको उत्पादन गरि आफुहरु आत्मनिर्भर बन्न सिक्नु पर्ने बताए।
महिला सशक्तिकरणका लागि आय आर्जन कार्यक्रमले परिवार ब्यवस्थापनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम सन्चालन गरिएको सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।
निर्वाचन क्षेत्र बिकास कार्यक्रम बागलुङ्को सहयोग सहयात्रा बाग्लुङको आयोजनामा संचालित कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज शर्माले जैमिनी नगरपालिकाका हरेक समुदायमा कृषिलाई आयआर्जनको प्रमुख श्रोतको रूपमा बिकास गर्नका लागि जोड दिने बताए ।
दुई दिन सम्म सन्चालन हुने तालीममा जैमिनी नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद सुबेदी,नेपाली काङ्ग्रेसका जिल्ला सचीव नवराज पौडेल ,शान्ति दिप बहुमुखी क्याम्पस कुस्मिशेराका अध्यक्ष हरि प्रसाद शर्मा, काङ्ग्रेसका महासमिति सदस्य भिम श्रीष, कल्पना हमाल पाठक, नेबिसंघका सहमहामन्त्री हरिहर शर्मा,नेपाली काङ्ग्रेस जैमिनी नगरपालिकाका नगर संयोजक काशिराम आचार्य,लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम सहयात्रा बागलुङ्का अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता,सदस्य उषा पौडेलको स्वागत,र कोषाध्यक्ष भगवती केसीको सन्चालनमा सम्पन्न भएको थियो ।
तालिममा जैमिनी नगरपालिकाका विभिन्न वार्डका महिलाहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण कृषि सेवा केन्द्र कुस्मिशेराका प्रमुख अर्जुन श्रेष्ठले गरेका छन् ।