Sorry, that menu does not exist.
 

३ सय एम्पुल अवैध लागु औषध सहित एक भारतीय नागरिक पक्राउ !

बागलुङ २०७४ जेठ २५ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले केहि समय अघि १.१५ बजेको समयमा ठुलो मात्रामा अवैध लागु औषध बरामद गरेको छ ।

अवैध लागु औषध ओसार पसार नियन्त्रण अभियान सन्चालन गरेको प्रहरीले बागलुङ नगरपालिका १ रामरेखा हरि किसानको पान पसल अगाडीबाट भारतको उत्तर प्रदेश २०३३०५ महाराजगन्ज जिल्ला आत्माज शिवलाल झिन्टी घर बताउने वर्ष २० को जोतेन्द्र हरिजनले बोकेको स्टार्स स्पोट लेखिएको झोला चेकजाँच गर्दा ३ सय एम्पूल लागु औषध बरामद गरेको जनाएको छ ।

अभियुक्त जोतेन्द्र हरिजन र निजको साथबाट बरामद अवैध लागु औषध ।

प्रहरी टोलीले निज हरिजनबाट बरामद गरिएको अवैध लागु औषधमा डाईजापाम (२ एमएल) १ सय, फेनारगन (२ एमएल) १ सय र नूर्फिन (२ एमएल)१ सय एम्पुल गरी ३ सय एम्पुल रहेकोे छ । निजका साथबाट निट्राजेपाम ३० ट्याब्लेट पनि बरामद भएको प्रहरी नायव निरीक्षक दामोदर भट्टराईले बताए ।

आज प्रहरीले बरामद गरेको अवैध लागु औषध अहिले सम्मकै ठुलो परिमाणको भएको बताईएको छ ।

गत मंगलवार साँझ मालढुंगा प्रहरीले नियन्त्रणमा लिएका दिपेन्द्र कार्कीले लागु औषध ओसार पसार गर्ने कार्यमा प्रयोग गर्ने गरेको मोबाईल प्रयोग गरी निजको लागि बागलुङ सम्म लागु औषध सामान ल्याई दिने कार्यमा संलग्न निज हरिजनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको प्रनाउ अनिलकुमार खड्काले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply