Sorry, that menu does not exist.
 

ग्राम विकाश आधारभुत विद्यालयको ६० औ बार्षिकोत्सव सम्पन्न

भरत सापकोटा, बागलुङ २०७४ जेठ २६ । ग्राम विकाश आधारभुत विद्यालयको ६०औ बार्षिकोत्सव भब्यरुपमा सम्पन्न भएको छ । बागलुङ जिल्ला काठेखोला गाउपालिका वडा ५ बिहुँ अवस्थित ग्राम विकाश आधारभुत विद्यालयले एक समारोह आयोजना गरि आफ्नो ६०बार्षिकोत्सव भब्य रुपमा मनाएको छ।

सो अवसरमा बिहानी कार्यक्रम अन्तर्गत २०४५ देखि बिभिन्न आरोह र अवरोहहरु चिर्दै २८बर्ष सम्म सेवा गर्नु भएकी बिगत चार बर्ष देखि हाल सम्म प्रधानाध्यपकको ज़िम्मेवारी सम्हाली रहेकी ज्ञानकुमारी श्रीस शर्माको बिदाई तथा सम्मान कार्यक्रम भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल कडेले जानकारी दिए ।

त्यस्तै बिहानी कार्यक्रम अन्तर्गत नै चन्दादाताहरुलाई पनि सम्मान गरिएको विद्धालय का सल्लाहाकार ज्ञामनाथ कडेले जानकारी दिए ।

कार्यवाहक प्रधानाध्यपक रुपमा रहेका विश्वपति शर्मा लाई प्रधानाध्यापकको पदस्दथापन गराईएको जानकारी प्राप्त भएको छ । बिदाई कार्यक्रममा बोल्दै ज्ञानकुमारी श्रीस शर्माले आफुले यहाँको सम्पुर्ण बिद्यार्थी अभिभाबहरुको मन जित्न सफल रहेको बताउदै अब पनि यस विद्यालय अझै सुदृढिकरण गर्दै नयापनको नया ऊँचाईमा पुगोस भन्ने कामना समेत गरिन् ।

स्मरणीय छ, श्रीस शर्माले हालै सम्पन्न स्थानयि तहको निर्वाचनमा काठेखोला गाउपालिकाको उपाध्यक्षमा उमेदवारी दिन पदबाट राजिनामा दिएकी थिईन् ।

सो अवसरमा बिद्यालय प्राधानाध्यापक शर्माले २०७२/२०७३को बार्षिक प्रतिवेदन मा २८लाखको आयव्य प्रस्तुत गरेका थिए।

विद्यालय निरक्षक प्रकाश ओझा, श्रोत ब्यक्ति पुर्णप्रसाद ढुङ्गना, अमर माबिका प्रधानाध्यापक भीष्म कडेल, नवयुवक आधारभुत विद्यालयका प्र अ देवनारायण सापकोटा, सल्लाहाकार सदस्य रघुपति शर्मा, पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमलाल वि क लगाएतले मन्तव्य व्यक्त गर्दै सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न यहाँ जस्तै अभिभावक विद्यार्थी व्यवस्थापन समिति सबै जुटेर अघि बढ्नुको कुनै विक्लप नभएको बताएका थिए।

हिजो मात्र पदस्थापन गरेका प्रधानाध्यापक विश्वपति शर्मालाई विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु व्दय तेजु घर्ती र कुल बहादुर घर्ती सफल कार्यकालको शुभकामना ब्यक्त गरेको सो कार्यक्रममा स्वागत मन्तब्य शिक्षिका राधा शर्मा र संन्चालन तुलसी देवी शर्मा सुवेदप्ले गरेकी थिईन् ।

कार्यक्रममो सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल कडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply