कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ जेठ २७ । त्रिभुवन माध्यमिक विद्यालय खर्वाङमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। आधारभुत तहका २ सय ९७ जना छात्राहरुलाई ४ सयका दरले १ लाख १८ हजार ८ सय छात्रा छात्रवृत्ति, आधारभुत तहका ४८ दलित छात्रलाई १९ हजार २ सय दलित छात्रावृत्ति तथा माध्यमिक तहका दलित छात्रछात्रा २७ जनालाई १३ हजार ५ सय दलित छात्रवृत्त वितरण गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै विद्यालयमा अक्षयकोष दाताहरुको कोषवाट पनि ५४ जनालाई छात्रवृत्ति वितरण गरिएको छ। भने अनिसा पाठक स्मृति पुरस्कारले कक्षा ६ छात्र तथा छात्रा तर्फवाट प्रथम हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ। त्यस्तै शैक्षिक सत्र २०७३ मा विद्यालयमा सर्वोत्कृष्ट तथा प्रत्येक कक्षामा प्रथम, द्धितिय, तृतिय तथा अनुसासन, हाजिरि, र सरसफाईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम अतिरिक्त कृयाकलाप संचालन समितिका संयोजक शिक्षक वद्रिनाथ घिमिरेको अध्यक्षता, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडिगाड गाउँपालिका वडा नं. २ काअध्यक्ष विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता, प्राचार्य ढालमणि भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै त्रिभुवन माविमै १७ वर्ष देखि सेवा गर्दै आएका शिक्षक यदुमणि खरेल लाई विद्यालयले एक कार्यक्रमका विच विदाई गरेको छ। डिभि मार्फत अमेरिका जान लागेका शिक्षक खरेललाई विद्यालयले कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो।
सो कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडिगाडगाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु प्रसाद भुसालले खरेलको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा प्राचार्य ढालमणि भण्डारीले खरेलको प्रशंसा गर्दै अमेरिका वसाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयको तर्फवाट शिक्षक खरेललाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले पनि मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षक वद्रिनाथ घिमिरेको अध्यक्षता तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।