Sorry, that menu does not exist.
 

नगरवासीको माग सम्वोधन भएपछीमात्र अवरुद्ध नगरपरिषद सुचारु !

कार्यकारी अधिकृतद्वारा बागलुङ नगरपालिकाको रू. १५ करोड ३७ लाखको बजेट सार्वजनिक !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ पुस २८ । बागलुङ नगरपालिकाको २२ औँ नगरपरिषद सार्वजनिकीकरण समारोहको कार्यत्रमका प्रमुख अतिथि एवं संघीय तथा स्थानीय विकास मन्त्रालयका सह सचिव केदारनाथ शर्माले उद्घाटन गरेका छन् ।

उद्घाटनपछि बोल्दै शर्माले बजेट नीति कार्यक्रमलाई सबै मिलेर अगाडी बढाउनु पर्ने बताए । सुन्दर नगर निमार्णको लागी नगरबासी आफैको मेहनतका साथ अगाडी बढ्नु पर्ने उनको भनाई थियो । उनले बागलुङ नगर पालिकाको बजेट नीति कार्यक्रम राम्रो भएको र कार्यन्वयनलाई राम्रो संग लग्नु पर्ने सुझाव दिएका थिए।

बजेट सार्वजनिकीकरण समारोह सुरु भए लगत्तै नगरवासीले नगरपालिकाले तोकेको नगर क्षेत्रको जग्गाको मापदण्डप्रति तीब्र असन्तुष्टी व्यक्त गर्दै नाराबाजी सहित बिरोध जनाएपछी समारोह स्थगित हुन पुगेको थियो ।

राजनीतिक दलका प्रतिनिधीहरु र नगरपालिका वीच भएको छलफलबाट नगरवासीको मागलाई सम्वोधन गरी नगरपालिकाले तोकेको मापदण्ड परिवर्तन गर्ने सहमति भएपछी नगरपरिषदको सार्वजनिकीकरण समाराह पुन ३ बजे देखी कार्यक्रम सूरु भएको थियो ।

नगरपरिषद सार्वजनिकीकरण समारोहमा कार्यकारी अधिकृत युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०७३/०७४ को लागी १५ करोड ३६ लाख ९२ हजार ३ सय ३२ रुपैया ३६ पैसाको बजेट सार्वजनिक गरेका थिए ।

बजेटमा संशोधित आय व्यय विवरण कार्यक्रमहरु अन्तरगत कर दस्तुर तर्फ करोड ५० लाख राजश्व बाँडफँड तर्फ ७६ लाख ५० हजार केन्द्रीत अनुदान तर्फ नगरपालीका अनुदान चाललु तथा पुजिगत अनुदान तर्फ ४ करोड ६४ लाख ८५ हजार, शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम तर्फ ५९ लाख ७४ हजार , स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम तर्फ ३८ लाख ६६ हजार ,पुर्वाधार विकास कार्यक्रम तर्फ १ करोड १९ लाख ७४ हजार ,सडक वोर्ड कार्यक्रम तर्फ ६२ लाख, शहरी स्वास्थ केन्द्र संञ्चालन तपर्फ १६ लाख ४८ हजार सामाजीक सुरक्षा तर्फ ३ करोड १९ लाख ९९ हजार सौर्य सडक वत्ति जडान तर्फ ४१ लाख २८ हजार फोहोर मैला व्यवस्थापन लगाएत विभिन्न विषयमा बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी , योजना तथा प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नेकपा एमालेका सचिव लाल बहादुर थापा, राप्रपाका टिकाराम सापकोटा, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, नेकपा मालेकी मायादेवी खड्का, संघीय समाजवादीका रेशम थापा, अखण्ड पार्टि नेपालका रुद्र महत, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बोलेका थिए।

कार्यक्रम नगर पालिकाका प्रमुख एव कार्यकारी अधिकृत अधिकारीको अध्यक्षता र नगरपालीका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply