Sorry, that menu does not exist.
 

२२ बर्ष पहिले सुरु भएको २२ किमि लामो बागलुङ-कुस्मीसेरा सडक २२ वर्ष पछी कालोपत्रे गरिदै…

प्रदिप पन्त, बागलुङ, २०७४ जेठ २८ । सडक निमार्ण थालिएको २२ बर्षपछि बागलुङ कुस्मिशेरा सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । २०५२ सालबाट निमार्ण थालिएको २२ किलोमिटरको सडक २०७४ सालमा आएर कालोपत्रे गर्न थालिएको हो । बागलुङ देखि कुस्मिशेरा जोडने सडक निमार्णको लागि तत्कालिक समयमा एसियाली विकास बैंक (एडिपी)को ऋण सहयोगमा काम सुरु गरिएको थियो ।

एडिपिपछि विकेन्द्रीत ग्रामिण पुर्वाधार तथा जिविको पार्जन सुधार परियोजना अन्र्तगत जिल्ला विकास समिति संयोजनमा निमार्ण थालिएपनि अहिले सडक डिभिजन कार्यालयले काम गर्दै आएको छ । बर्षेनी सडक निमार्ण र स्तरउन्नतीको लागि रकम छुटिदै आएपनि लामो समयपछि कालोपत्रे गर्न सुरु गरेको छ । सडक विस्तार सगै“ कालोपत्रे गरेपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन । कालोपत्रेसगै यात्रामा सस्तो सरल एवं सहज हुने स्थानीय सुमित्रा रिजालले बताईन् ।

विगतका समयमा सडक निमार्ण एवं स्तरोन्नतीको लागि लाखौ रुपैय“ा खर्च गरिएपनि सडक जीर्ण हुने गरेको थियो, रिजालले भनिन्, अहिले बल्ल कालोपत्रे गर्न थालिएको छ । सडक लामो समय पछि कालोपत्रे गर्न लागेपछि स्थानियले सहज यात्राको महसूस गर्ने बताईन् ।

सडक कालोपत्रे भएसगै“ स्थानीय स्तरमा उत्पादन तरकारी,दुध तथा कृषिजन्य बस्तुको बजार व्यवस्थापनका साथै आर्थिक आम्दानीको बाटो खुलेको स्थानियको भनाइ छ । पहिलो चरणमा कालिगण्डकी करिडोर स“ग जोडिएको केन्द्रबाट बानपा १३ पैयुँपाटाको पाग्जा सम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । सडक निमार्णको लागि गत आर्थिक वर्ष २०७२÷०७३ मा सम्झौता गरि आगामी चालु आर्थिक वर्ष ०७३÷०७४ को असार मसान्तमा सम्पन्न सम्पन्न गर्ने गरि काम थालिएको ठेकेदार डिवि तामाङले बताए ।

हाल सम्म ८ सय मिटर निर्माण कार्य सम्पन्न भएको र २ हजार २ सय मिटरको सडक बा“की रहेको तामाङले बताए । सडक कालोपत्रेको लागि जयवावा गोरख र ओखलढुंगा इन्जिनियर जेभिले जिम्मेवार लिई काम अगाडि बढाएका छन ।

सामान्य स्थानमा साढे ५ मिटर र घुम्टीमा आवश्यक अनुसार बढाएर कालोपत्रे गरिएको बताइएको छ । आगामी असार मसान्त सम्म सम्पन्न गर्ने गरि ३ करोड ३१ लाख रुपैय“ाको लागतमा सडकको कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय बागलुङका सव–इन्जिनियर चन्द्रकिशोर माझीले बताए ।

सडकमा कालोपत्रे गुणस्तरीय बनाउन कार्यालयका कर्मचारी समेत त्यस क्षेत्रमा खटिदै आएको माझीले जानकारी दिए । कालोपत्रे काम तिव्र रुपमा भईरहेको र आगामी दिनमा थप सडकको काम थालिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

तस्विर- बागलुङ–कुस्मिशेरा सडक खण्डमा कालोपत्रे गर्दै कामदार -प्रदिप पन्त,बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply