Sorry, that menu does not exist.
 

बालशिक्षक तालिम सम्पन्न : बालशिक्षामा बागलुङ देशकै नमुना – जिशिअ मिश्र

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ जेठ ३० । प्रारम्भिक बालबिकास केन्द्रका बाल शिक्षकहरुको दोस्रो चरण पेशागत क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिम समापनको क्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णप्रसाद मिश्रले बालबिकास महत्त्वपूर्ण भएकोले अब नगरपालिका र गाउँपालिकाले यसको मर्मलाई सम्बोधन गरि नयाँ संरचना नयाँ जनप्रतिनिधिहरुले साथमा बाल विकासलाई महत्त्वपूर्ण तरिकाले संचालन गर्नुपर्ने जिम्मेवारी स्थानिय तहको रहेको बताए ।

उनले बागलुङ, बाल शिक्षामा देशभरमा नमुना भएकोले यस गरिमालाई उच्चतम गराउन महत्त्वपूर्ण भुमिका बालशिक्षकको रहेको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त सुवेदी , जिल्ला शिक्षा कार्यालयका सहायक अधिकृत सरिता देवि शर्मा , तालिमकी प्रशिक्षक पम्फा खड्का , सहभागीको तर्फबाट दिलकुमारी थापाले बोलेका थिए।

जिल्ला शिक्षा कार्यालय बागलुङ ,सेतो गुराँस बाल विकास सेवाको आयोजना बागलुङ नगरपालिका कार्यलय, जिल्ला समन्वय समितिको कार्यालयको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम सेतो गुराँस बाल विकासका अध्यक्ष महेशचन्द प्रधानको अध्यक्षता र विद्यालय निरिक्षक प्रकाश बन्दु अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply