Sorry, that menu does not exist.
 

मानवअधिकार उल्लंघनका घटना मेलमिलापको आधारमा टुङ्गाउन नहुने

कोपिला कंडेल, बागलुङ २०७४ जेठ ३० । मानवअधिकार उल्लंघनका घटनालाई मेलमिलापको आधारमा टुङ्गाउन नहुने आज आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।

अनौपचारिक सेवा केन्द्र ईन्सेक प्रतिनीधिको कार्यालय बागलुङले आयोजना गरेको अर्धबार्षिक समिक्षा कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।
अधिकाशं मानवअधिकार उल्लंघन एबं महिला हिसांका घटनामा मेलमिलाप एबं आर्थिक लेनदेख गरेर टुङ्गाईने गरेको चर्चा गर्दै सहभागिले समाजमा हुने गरेका सबैखाले हिसांत्मक गतिबिधी बिरुद्ध कानुन बमोजिमको कारबाही हुनुपर्नेमा जोड दिए । सहभागिले मानवअधिकारको हनन बिशेष गरी राज्य बाट हुने गरेको दाबी समेत गरे ।

सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले समाजमा हुने गरेका बिकृति बिसंगति बिरुद्ध सबै सरोकारवाला बिच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । मानवअधिकार उल्लंघन एबं बिभिन्न सामाजिकरुपमा हुने गरेका अपराधिक कृयाकलापलाई सबैले साझा अभियानको रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कतिपय हिसांत्मक क्रियाकलाप राजनितिक कारण पनि हुने उनको भनाई थियो । सप्रजिअ गिरीले अपराधको राजनितिलाई निषेध गर्नुपर्ने बताए ।

सो अवसरमा अनौपचारिक सेवा केन्द्र ईन्सेक जिल्ला प्रतिनिधी सृजना पन्तले एक कार्यंपत्र प्रस्तुत गर्दै जनवरी देखी मे महिना सम्म जिल्लामा २५ वटा महिला हिसांका घटना मात्र दर्ता भएको जानकारी दिईन ।

ईन्सेक प्रतिनिधी पन्तले प्रस्तुत गरेको प्रतिबेदनमा २५ वटा महिला हिसां, एक राजनितिक दुई बालअधिकार र १ मानव बेचबिखन तथा ओसार पसार बिरुद्धका घटना रहेका छन भने १५ वटा घटना कानुनी प्रक्रियामा रहेका छन् । ईन्सेक जिल्ला प्रतिनिधीको सर्वेक्षण अनुसार जनवरी देखी मे महिना सम्म सम्मा ४२ वटा घटना दर्ता भएका छन् ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे अनिल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुवर, मालेका कार्यालय सचिव मञ्जु क्षेत्री, बागलुङ उच्च अदालत बार एशोसिएसनका अध्यक्ष केशवराज पराजुली प्रहरी निरिक्षक खड्ग नारायण साह, , समाजसेवी देब बहादुर श्रेष्ठ,एड्भोकेसी फोरम धौलागिरी संयोजक राम शर्मा, राष्ट्रिय मतदाता अधिकार मञ्चं बागलुङ्गका सचिव राम प्रसाद घिमिरे, पत्रकार प्रकाश बराल लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै ं सुझाब समेत दिएका थिए ।

कार्यक्रम पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता र सल्लाहकार कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply