Sorry, that menu does not exist.
 

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पाठेघरको समस्या सम्बन्धि २ दिने तालिम सम्पन्न

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ ३१ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा आज पाठेघर खसको समस्या सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको तालिम कक्षमा हिजोदेख सञ्चालन भएको तालिममा पश्चिम बागलुङका १६ वटा स्वास्थ्य चौकीका नर्सहरुको सहभागिता रहेको थियो ।

तालिमको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ नर्स हरिकासी पालिखेले पाठेघर खस्ने समस्या, पाठेघर खस्नुका कारण र त्यसबाट बच्ने उपायका साथै समस्या पहिचान गर्ने उपायका बारेमा सहभागी नर्सहरुलाई प्रशिक्षण दिएकी थिईन् ।

त्यस्तै आज भने महिलाहरुको पाठेघरको समस्याबारे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा यस क्षेत्रका ७५ जना महिलाहरुको सहभागिता रहेको थियो । जसमध्ये २ जनामा मलद्वार खुकुलो हुने समस्या अर्थात मेडिकल भाषामा रेक्ट्रोशिल र २७ जनामा पिसाल थैली खस्ने समस्या अर्थात मेडिकल भाषमा सिस्टोसिलको समस्या देखिएको थियो । त्यस्तै २ जनामा भने पाठेघर खसेको समस्या पत्ता लागेको जिल्ला जनस्वास्थ्य कार्यलयका पब्लिक हेल्थ नर्स पालिखेले जानाकारी दिईन । शिविर धौलागिरी अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा सञ्चालन भएको हो ।

एक तथ्याङक अनुसार नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट प्रभावित छन् । जसमध्ये १० प्रतिशत महिलाहरु १५ देखि ४९ बर्ष उमेरसमूहका पर्दछन् । त्यस्तै ३५ बर्षसम्मका २५.२ प्रतिशत महिलाहरु मध्ये २.५ प्रतिशत किशोरीहरु पाठेघर खस्ने समस्याबाट पीडित छन् ।

प्रसुती गृहमा नगइकन घरमै असुरक्षित तरिकाले सुत्केरी हुँदा, धेरै बच्चा जन्माउँदा, सानै उमेरमा बच्चा जन्माउँदा र स्वास्थ्यकर्मीको परामर्सविना गर्भनिरोधका अस्थायी साधनहरुको प्रयोग गर्दा पाठेघर खस्ने समस्या हुने र समस्या तत्कालै नदेखिएपनि कालान्तरमा जटिल रुपमा देखिन सक्ने स्वास्थ्यर्मीहरु बताउँछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply