बिमल खड्का, बागलुङ २०७४ असार १ । राष्ट्रिय शिक्षा बोर्ड सानो ठिमीले संचालन गरेको कक्षा ११ को परिक्षा आज देखी सुरु भएको छ । परीक्षको पहिलो दिन अङ्ग्रेजी बिषयको परिक्षा सम्पन्न भएको छ ।
बागलुङ जिल्लाका १३ परीक्षा केन्द्रहरुमा सन्चालित परीक्षा शान्तिपूर्ण सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत लोकनाथ आचार्यले जानकारी दिए ।
यसैवीच बडीगाड गाउँपालिको भानु माध्यमिक बिद्यालय ग्वालीचौरमा उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ र नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक बिद्यालय पौदी अमराई गुल्मीका बिद्यार्थी सहभागी भएका छन । सहभागी कक्षा ११ का ३५० बिद्यार्थी मध्ये ६ जना अनुपस्थित भएकाले ३४४ जना बिद्यार्थीले आज पहिलो दिन अङ्ग्रेजी बिषयको परिक्षामा दिएका छन् । परिक्षा शान्तिपूर्ण सम्पन्न भएको शिक्षक कृष्ण भट्टराईले बताए । भोली नेपाली बिषय परीक्षा बिहान ७ बजे बाट संचालन हुने केन्द्रध्यक्ष केशव खरेलले बताए ।
यसैगरी बुर्तिवाङ स्थित उत्तरगंगा मावि परीक्ष केन्द्रमा पनि अँग्रेजी विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको शिक्षक लोकेन्द्र निसारीले बताए । सो परीक्षा केन्द्रबाट आज ३ सय २४ परीक्षार्थीले परीक्षा दिएका थिए ।
मुलुक भरका ९९३ केन्द्रबाट कक्षा ११ को परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिँदै छन् । यसमध्ये २ लाख ११ हजार ६ सय ८१ छात्र छन् भने २ लाख ३७ हजार ३ सय ७३ छात्रा ।
http://kantipur.ekantipur.com/news/2017-06-15/20170615082328.html
तस्बीर- भानु मावि ग्वालिचौर केन्द्रमा परीक्षा दिँदै परीक्षार्थीहरु ।