समुन्द्री गहिराई किनारमा कहाँ भेटिन्छ र
मनको प्यास पानी पिउदैमा कहाँ मेटिन्छ र
नितान्त भिन्न छ परिवेस बेग्लै छ संसार
एक्लो छु यहाँ म, मुटु त्यसै कहाँ रेटिन्छ र !
***
यो मनको बेदना समुन्द्री छालले कहाँ बुझ्छर
यो मनको हलचल स्थिर तालले कहाँ बुझ्छर
कस्लाई सुनाउ कस्लाई पोखु यो मनको कथा
पुराना ति कुराहरु फेरिरहने सालले कहाँ बुझ्छर
***
छुटेउ भने हामी रुनु पर्ला नदेउ भो धेरै माया
तिमी कहाँ म कहाँ हुनु पर्ला नदेउ भो धेरै माया
कहिले मिलन कहिले बिछोड यस्तै हो जिन्दगानी
तिम्रो परेली आंसुले धुनु पर्ला नदेउ भो धेरै माया
कहिले सुख कहिले दु:ख जे छ भाग्यमा भोग्नै पर्ने
तिम्रो स्पर्शले पराईलाई छुनु पर्ला नदेउ भो धेरै माया !
***
अमृत दिन्छु भनेर बिष पिलाएर गैई
म छु तिम्रो भनेर भरोसा दिलाएर गैई
मुखमा रामराम जपेर पेतमा छुरा हानि
पराई सँग साथमा साथ मिलाएर गैई !
***
मलाई नसोध कहाँ दुख्छ घाउ,
मलाई नसोध कती हुन्छ पLडा
मलाई नसोध कस्तो हुन्छ ब्यथा
म कथा भित्र ब्यथा लुकाउने मान्छे हो
अरुको खुशिको लागि आफ्नो मन दुखाउने मान्छे हो
बाहिर हास्ने भित्र रुदै आंसुको मुल सुकाउने मान्छे हो !
***
पसिना सँग पैसा साटेको हो नभन्दिनु है साथी
घरकोले दु:ख मान्लान ढाटेको हो नभन्दिनु है साथी
काम पनि गाह्रो रातको छ ड्युटी सुत्न नि पाउदैन
नमिठो खादै दु:ख काटेको हो नभन्दिनु है साथी !
झलक काउचा,
बागलुङ
हाल: दक्षिण कोरिया ।