Sorry, that menu does not exist.
 

प्रदेश नं २ को निर्वाचन असोज २ मा गर्ने सरकारको निर्णय, निर्वाचन आयोग असहमत !

नेकपा एमाले र राप्रपाव्दारा सरकारको निर्वाचन सार्ने निर्णयको बिरोध

काठमाडौंस् २०७४ असार १ । मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठकले राजपाको माग अनुसार प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गरेको हो। प्रदेश नम्बर २ को निर्वाचन मिति सरे पनि अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन हुनेछ।

मन्त्री परिषदको पदेश नं २ को निर्वाचन असोज २ गते सार्ने निर्णयको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादलले असहमति जनाएका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर २ को निर्वाचन सार्ने कदमले संविधान कार्यान्वयनमा गम्भीर धक्का लागेको बताएको छ । सो घटनाले बिखण्डनकारी तत्वहरुको मनोबल बढाएको र राष्ट्रिय एकता कमजोर पारेको निष्कर्ष पनि निकालेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्क भएको बताएका छन् । रापप्रा अध्यक्ष थापाले चुनाव सार्ने निर्णय गलत भएको बताए । उनले निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको आरोप लगाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply