Sorry, that menu does not exist.
 

अर्घाखाँची आन्दोलनबाट गुल्मेलीले सिक्नु पर्ने पाठ !

प्रेम सुनार, गुल्मी, २०७३ पुस २९ । अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाला र खादा लिएर स्वागत सत्कार गर्न पुगेका थिए ।

भाडगाउँमा काग्रेस नेता चन्द्र केसीको पितृशोकमा सहानुभूति प्रकट गर्न आएका गृहमन्त्री विमलेन्द्र निधीले त्यो शोकको वेला ५ नम्वर प्रदेश टुक्राउने विषयमा बोल्नै नहुने विषय हो । तर पनि उनि सहानुभूति दिन आएको वाहनामा भाषण अवधिभर खुलेरै पाँच नम्वर प्रदेश टुक्रिएर छाड्छ भनेर आफ्ना कार्यकर्ता मार्फत गुल्मी जिल्लावासीलाई चुनौती दिएका थिए ।

यहाँ सम्मकी संयुक्त जनआन्दोलन परिचालन समितिका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्यका क्रममा पाँच नम्वर प्रदेश टुक्राएर कसलाई खुशी पार्दै हुनुहुन्छ ? भनेर भन्दा मञ्चमा आसीन उनै गृहमन्त्रीले आक्रोषपूर्ण मुद्रामा आफ्नो छातीमा औंला राख्दै ‘म आफुलाई खुशी पार्न ’भनेर अर्को चुनौती दिदा समेत कोही चुँ गरेर बोलेनन् ।

गृहमन्त्री निधी त वरु तराईवासी हुन । तर नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर व्यक्तिगत काममा आएका रक्षामन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँड लुम्विनीवासी हुँदाहुँदै पनि उनले घुमाउरो भाषामा म वरु लुम्विनी छाड्न सक्छु , तर ५ नम्वर प्रदेश टुक्राउने काँग्रेसले गरेको निर्णय विपरित जान सक्दिन भनेर भन्दा समेत कसैले मुख खोल्न सकेनन् ।

अर्का कांग्रेस नेता शंकर भण्डारी लगायत जो जो केसीको पितृशोकमा साहनुभूुति दिने वाहनामा आएका थिए उनिहरुको अभिष्ट भनेकै गुल्मी आन्दोलन मत्थर पार्ने दुष्प्रयास थियो ।

त्यति वेला कांग्रेसजन त आफ्ना नेताहरु प्रति नतमस्तक बन्यो बन्योा तर विपक्षी नेकपा एमालेका कार्यकर्ताहरुले उनिहरुलाई टाढैबाट भए पनि कालो झण्डा देखाउन खुट्टा कमाए ।

संवेदनशील विषयमा आएको हुनाले विरोध गरिएन भनेर नेपाली कांग्रेसका सभापति एवं आन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले भनि रहँदा गृहमन्त्री लगायतका ती कांग्रेस नेतालाई पनि त्यस्तो संवेदनशील क्षणमा आएको वेला र यता आन्दोलनले गुल्मी तातिरहेको बेला , कृष्ण पाण्डे जस्ता युवा तिनै गृहमन्त्रीका मान्छेहरुको अश्रुग्याँस लाठीले अस्पतालको शैयामा बसी रहेका वेला ५ नम्वर प्रदेश टुक्राउन खुलेरै चुनौती दिन पनि उनिहरुलाई छुट थिएन । किन छुट दिईयो ?

हिँजो अर्घाखाँचीमा माओवादी नेता डिलाराम आचार्यले ५ नम्वर प्रदेशवासीको भावना विपरित दुई शव्द मात्रै के उच्चारण गरेका थिए । ओईरिए अर्घाखाँचीवासीहरु । भागे उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर , सातोपुत्लो गयो नेता आचार्यको ।

ल जसले गर्दा केन्द्रमा आन्दोलनको सवै भन्दा ठुलो धक्का दिन सफल भए अर्घाखाँचीवासीरु । कांग्रेस कै नेता विमलेन्द्र निधीले ५ नम्वर प्रदेश टुक्राउन मुख्य भुमिका निभाउँदै आएको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ ।

उनि पछि सत्ताको नेतृत्व गरी रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन .( अनन्त ं) पनि गुल्मीको सदरमुकाममै आएर आफ्ना कार्यकर्तालाई ५ नम्वर प्रदेश टुक्राउने विषयमा दिनैभर प्रशिक्षण दिएर गए । पत्रकार सम्मेलन समेत उनले गरे । तर उनको विरोधमा विपक्षीहरु त्यसममा पनि आन्दोलनको अगुवाई गरेकाहरु चुँ गरेर वोलेनन् ।

यसरी सत्तारुढ दलका नेताहरु आउँदै जनभावना विपरित वोल्दै जाँदै गर्न दिने । अनि उनिरु केन्द्रमा पुगी सके पछि सडकमा उनिहरुलाई राष्ट्रघाती भनेर क्ुर्लिनेहरुले अर्घाखाँची आन्दोलनको रणनितीलाई पछ्याउनै पर्दछ ।

खास राष्ट्रघात कहाँबाट कसले सुरु ग¥यो ? र त्यसको अगुवाई कसले गरेको छ ? यसको समीक्षा गर्न जरुरी छ । वदलाको भावना लिएर कुनै अमुक दललाई मात्र राष्ट्रघाती भन्नु गलत हुने छ ।

पहाडबाट तराई टुक्राउने सरकारको तर्फबाट बढि जोड गरेका छन भने उनै गृहमन्त्री एवं कांग्रेस नेता निधीले गरेका छन भन्ने प्रष्ट हुँदाहुँदै किन सडकमा कांग्रेस र निधी जस्ता मन्त्रीहरुको विरोध हुँदैन ? राष्ट्रियता र माटोको लडाई हो भने आफ्नै दल र नेताको पनि चर्को विरोध गर्न र उस्तै परे पार्टी छाड्ने छोडपत्र हातमा लिएर हिड्ने हिम्मत राख्न सक्नु पर्दछ । अव प्रचण्डको मात्र होईन कांग्रेस सभापति शेरबहादुर देउवा , विमलेन्द्र निधीको पनि पुत्ला जलाउन र दलको नेताबाटै कांग्रेसजनले राजिनामा माग्न सक्नु पर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply