झरना कँडेल, बुर्तिवाङ २०७३ पुस २९ । केहि दिन यता मौसममा आएको परिवर्तनले बुर्तिवाङ बजार र आसपासको क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । केहि दिन पहिले उच्च भागहरुमा हिमपात भएपछी चीसो बढेको हो ।
बुर्तिवाङ वरपरका गाविसहरुको उच्च भाग (धुरी)हरुमा हिउँ परेपछी जनजीवन प्रभावित बनेको स्थानीयहरुले बताएका छन् । अहिलेको चीसोले खासगरी बृद्धबद्धाहरुलाई बढी सताएको छ । निसी, बोहोरागाउँ, देविस्थान, अधिकारीचौर, बोवाङ, खुँखानी, बोँगादोभान लगायतका गाविसमा चीसो बढेको छ । आसपासको चीसो वातावरणले बुर्तिवाङ बजारपनि प्रभावित बनेको छ । बुर्तिवाङवासी जाडोले कठ्याँग्रिन थालेका छन् ।
आजभोलि बुर्तिवाङ बजारका चोकहरुमा स्थानीयहरु जम्मा भएर आगो बालेर जाडो भगाउने गरेको दृश्य देख्न सकिन्छ । बृद्धहरुदेखी युवायुवती, बालबालिकाहरु बुर्तिवाङ बजारका चोकहरुमा आगो बालेर ताप्ने सिलसिला सुरु भएको छ ।