Sorry, that menu does not exist.
 

वामीका दानवीर सापकोटाले करोडौँ खर्चेर जनतालाई बनाई दिए आँखा अस्पताल !

प्रेम सुनार,गुल्मी २०७३ पुस २९ । गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपैया खर्चेर जनतालाई आँखा अस्पताल बनाई दिएर समाज सेवाको क्षेत्रमा अग्रणी भुमिका खेलेका छन् । वामी –३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन वाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् ।

आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको व्यानरको आज नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोका विच उद्घाटन गरेका छन् ।

दानवीर कृष्णहरी सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थल सम्म ल्याएका थिए ।

स्थानिय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाएका थिए । सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव ग¥यो । त्यस वेला उपयुक्त जग्गा कतै नपाए पछि त्यो प्रस्ताव असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिए ।

त्यस पछि सरकारी रकम र दाताको पनि अभाव देखे पछि भैगो म आफै बनाई दिन्छु भनेर सुरु गरेका थिए । एक छोरा रामप्रसाद सापकोटा क्यानाडामा रहेका छन् । अर्का छोरा महेन्द्र काठमाडौमा रहेका छन् ।

एक छोरी ईश्वरा काठमाण्डौमा , अर्की छोरी क्यानडामा रहे पनि उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुख्यौंली सम्पत्तीकै श्रोतबाट उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

उद्घाटन कार्यक्रममा नेत्रीज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्द , पश्चिमाञ्चल क्षेत्रिय संयोजक सागरप्रताप राना, केन्द्रिय प्रवक्ता हरिप्रसाद शर्मा , चकोरमान शाक्य , गोपालबहादु सिंह लगायतको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा , नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दिनेश पन्थी , महिला जिल्ला समन्व्यय समितिकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको उपस्थिति रहेको छ ।

उद्घाटन लगत्तै सापकोटाले नेपाल नेत्रज्योति संघका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई चाँवी हस्तान्तरण गरे । थापाले केन्द्रिय अध्यक्ष मिश्र मार्फत स्थानिय आँखा उपचार संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चावी हस्तान्तरण गरे ।
जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानवीर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरेका थिए । परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले भनिन् परिवार भित्र डाक्टर बनाउने हजुर बुवाको सपना मैले पुरा गरे ।

तर म आफु भन्दा पहिला खास डाक्टर मेरो हजुर बुवा नै बन्नु भयो । सदरमुकाम तम्घासबाट बागलुङ जिल्लाको सिमानामा रहेको वामी गाविसका जनता यस अघि बागलुङको हटियामा उपचार गर्न जाने गर्दथे ।
अध्यक्ष शाक्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष अग्नीधर लोहनीको स्वागत मन्तव्य र सचिव ढालबहादुर जिसीको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply