सुमन जि.सी.बागलुङ २०७४ असार ६ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको स्थलगत अवलोकनका लागि दिनहु जसो देशभरका विभिन्न स्थानवाट सहकारीकर्मीहरु आउने क्रम निकै वढेको छ ।
विशेष गरेर संस्था छोटो समयमा हाँसील गरेका उपलव्धी, संस्थाको काम गर्ने फरक शैली र सामाजिक सुरक्षा तथा मानविय समवेदनामा गरेका कार्यहरुले देशभरमा आफ्नो छवि स्थापीत गर्न सफल भईरहेको अवस्थामा यि र यस्तै सहकारी सम्वन्धि विषयहरुको अध्ययनका लागि मङ्गलबार डिभिजन सहकारी कार्यालय दोलखाको संयोजनमा दोलखा र रामेछाप स्थित जिल्ला सहकारी संघ र विषयगत जिल्ला सहकारी संघका समिति, उपसमिति र कर्मचारीहरु लगाएतको टोलीले सिवाईसीको स्थलगत अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै डिभिजन सहकारी कार्यालय दोलखाका सहकारी अधिकृत टोपलाल सहकारी संस्थाहरुले आफ्नो विषय अन्तर्गतको काम नगर्दा समस्या सिर्जन भएको बताए ।
सबै सहकारी संस्थाहरुले बचत तथा ऋणको मात्र कार्य गर्नाले सहकारीहरुले उत्पादन तथा प्रशोधनका कार्यहरु गर्न नसकिरहेको अर्यालको धारणा थियो ।
कार्यक्रममा बोल्दै सिवाईसी साकोसका सल्लाहाकार सहकारीकर्मी देववहादुर श्रेष्ठले नेपालमा सहकारी संस्थाको संख्या अत्याधिक भएकाले एकीकरणका माध्यमवाट सहकारीको संख्या घटाई सुदृढ संस्थाहरु निर्माणमा अवको नेतृत्वले सोच्नुपर्ने दिन आएको धारण राखेका थिए ।
अन्तरकृया कार्यक्रममा दोलखा देखि बागलुङमा रहेको सिवाईसी साकोसलाई अवलोकनका लागि छनौट गर्नुको उद्देश्य तथा आशा अपेक्षाका बारेमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष जिवसराज खड्का र जिल्ला कृषि सहकारी संघ लि. दोलखाका सञ्चालक बलवहादुर श्रेष्ठले जानकारी गराएका थिए भने सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको फरक तथा नौला गतीविधिहरु, सामाजिक सुरक्षा तथा मानविय समवेदनामा संस्थाले सञ्चालन गरेका कार्य तथा योगदान र बागलुङको सहकारी अभियानको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
महोत्सव