सुमन जि.सी, बागलुङ २०७४ असार १० । चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य, नेपाली काँग्रेसकी सांसद एवम् महिला नेतृ रत्ना शेरचन तथा संस्थाका सदस्य प्रदीपज्योति शेरचनका ममतामयी माता समाजसेवी बा.न.पा.–३, बागलुङ बजार निवासी स्व. चमेली शेरचनको ८३ वर्षको उमेरमा भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।
४ औं दिनको पुण्य तीथिको क्रममा स्वर्गिय शेरचनको निवासमै पुगेर संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको टोलीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । श्रदाञ्जली सभाका क्रममा समवेदना पत्र वाचन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सामाजिक व्यक्तित्व स्व. शेरचनलाई गुमाउनु पर्दा सिवाईसी मर्माहत भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताए ।
पौडेलले परिवारजनलाई स्व. शेरचनले देखाएको बाटोमा हिड्न र उहाँले गरेका कार्यहरु अनुसरण गर्दै अगाडि वढ्न आग्रह समेत गरेका थिए । सोही क्रममा संस्थाका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल र सल्लाहाकार देववहादुर श्रेष्ठले सांसद शेरचनलाई संस्थाको तर्फवाट समवेदना पत्र हस्तान्तरण गरेका थिए ।
संस्थाले जीवन आवास तथा सामाजिक सुरक्षा कोष मार्फत आफ्ना सदस्यहरुको रितिरिवाज, संस्कार, सामाजिक संस्कृति, चालचलन अनुसार मृत्यु पश्चात गरीने अध्र्र्वदैहिक कार्य, सुत्केरी अवस्थामा सुत्केरी स्याहार तथा पोषिलो खानेकुरा व्यवस्थापन, विरामी र दुर्घटनामा परेको अवस्थामा उपचार गर्न र वृद्धाअवस्थाको साहारा स्वरुप विभिन्न प्रकारको सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।