Sorry, that menu does not exist.
 

सदरमुकाम तम्घास भित्रै सडकको अवस्था विजोग : ट्याक्टरमा -याली

प्रेम सुनार, गुल्मी, २०७४ असार १० । चुनावताका नेताहरुले जति भाषण छाँटे पनि र गुल्मीको दुर्गम गाउँ सम्म सडक पुगेर स्तर बृद्धि समेत हुँदै गए पनि सदरमुकाम तम्घास भने बत्ति मुनीको अँध्यारो जस्तै बनेको छ ।

सदरमुकाम तम्घास त्यस माथी रेसुङ्गा नगरपालिका बनेको दुई वर्ष पुगे पनि यहाँका कैयौ भित्री सडकहरुमा एम्वुलेन्स आवज जावत गर्न समेत सक्दैनन् । अर्घाखाँचीको सिमना नेटा देखि तम्घास सम्म आउने सडक हिलोम्मे र ठाउँ ठाउँमा गाडी फँस्ने खाडलहरु भए पछि आज रेसुङ्गा नगरपालिका वडा नम्वर ७ नेकपा एमालेले ट्याक्टरमा चढेर ¥याली गरेको थियो ।

एमालेबाट वडा अध्यक्षका उमेदवार मोहनप्रसाद पाण्डेले २० वर्ष सम्म कांग्रेसले यहाँ शासन गरेको यहि हो पार ा? भन्ने प्रति प्रश्न गदै सदरमुकाम भित्रै एम्वुलेन्स पुग्ने बाटो छैन भन्दै कांग्रेस माथी आरोप थोपरे ।

रेसुङ्गा नगरपालिकाको सवै भन्दा नजिकको वडा नम्वर ७ का भुजेल खर्क , वेदुखर्क कुँडापानी लगायतका स्थानका वासीन्दाले २५ वर्ष अघि देखि खनेको वाटोमा अहिले सम्म एम्वुलेन्स सम्म आवत जावत गर्न सक्ने अवस्थाको वाटो रहेको भन्दै एमालले कांग्रेस विरुद्ध चुनावी मुद्धा बनाउँदै आएको छ ।
यता सदरमुकामबाटै प्युठान सम्म जोडिएको सवै भन्दा धेरै पछि खन्न सुरु गरिएको तम्घास खाम्सेपानी , अर्खले हुँदै प्युठान सडक खण्ड भने ग्रावेलिङ्ग गर्न सुरु गरिएको छ । पश्चि क्षेत्र नम्वर ३ तर्फका अधिकांस सडक पनि कतै कालोपत्रे त कतै ग्रावेलिङ्ग गर्ने कार्य धमाधम सुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply