Sorry, that menu does not exist.
 

ताराखोलाको अल्वाङ सामुदायिक वनमा १७ सय लौठ सल्लाको विरुवा रोपिने

खेमराज अर्याल बागलुङ २०७४ असार ११ । बागलुङ जिल्लाको ताराखोला गाँउपालिकाको वडा नम्बर ५ मा रहेको अल्वाङ सामुदायिक वनमा यो वर्ष १७ सय वटा लौठ सल्लाको विरुवा रोपिने भएको छ । विरुवा रोप्नका लागी हिजो र आज सामुदायिक वनको झाडी सफा गरिएको छ भने वेर्ना सार्नका लागी खाडल समेत खनिएको छ ।

लौठ सल्लाको विरुवा रोप्नका लागी जिल्ला वन कार्यलयले २ लाख ५५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको र सोही रकमबाट विरुवा रोपिने अल्वाङ सामुदायिक वनका अध्यक्ष दधिलाल सापकोटाले जानकारी दिनु भएको छ । आज विरुवा रोप्नका लागी १७ सय ओटा खाडल खनिएको हो । इलामबाट लौठ सल्लाका विरुवा लिएर रोप्ने तयारी भइरहेको अध्यक्ष सापकोटाको भनाई छ । लौठ सल्ला क्यान्सरको औषधि बनाउन प्रयोग गरीने उहाँले बताए ।
सोमबार ताराखोलाकै डुडेलेक सामुदायिक वनमा झाडी सफा गर्ने तथा खाडल खन्ने कार्य सुरु गरीने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply