Sorry, that menu does not exist.
 

सशस्त्र व्दन्दकालमा विस्थापित बैँकको १५ वर्षपछी अर्थमन्त्रीव्दारा उद्घाटन !

अबैध वित्तिय कारोबार रोक्न बैँकिङ प्रणाली बिस्तार गर्ने सरकाको लक्ष- उपप्रधानमन्त्री महरा

गल्कोट २०७३ माघ १ । माओवादी केन्द्रका बरिष्ठ केन्द्रिेय सदस्य एवं नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गल्कोट हरिचौरमा पुनस्थापित नेपाल बैँकको शाखा कार्यालयको एक समारोहका वीच उद्घाटन गरेका छन् । उपप्रधानमन्त्री महरा बैँकको उद्घाटन र माघी मेलामा सहभागी हुन आजै विहान हेलिकप्टरबाट हरिचौर उत्रिएका थिए ।

पन्ध्र वर्ष पहिले माओवादी जनयुद्धकालमा नेपाल बैँक लिमिटेडको हरिचौर स्थित शाखा भवन ध्वस्त पारिएपछी एक महिना पहिले पुस १ गते पुनस्थापित गरिएको हो ।

माओवादी जनयुद्धकालमा ध्वस्त पारिएको नेपाल बैँक हरिचौरको जीर्ण भवन । तस्वीर- बालकृष्ण सुवेदी, गल्कोट ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रधान मन्त्री महराले अबैध तरिकाले मुलुकको बित्तिय कारोबार सन्चालन गरिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै यसलाई रोक्न बैँकिङ प्रणाली बिस्तार गर्ने सरकारको लक्ष रहेका बताए ।

एक व्यक्ति एक बैँक खाता को आवश्यकतालाई औँल्याउदै माओवादी नेता महराले भने, यसले पूँजी संकलनमा सहयोग पुग्छ ।

सो अवसरमा सांसद चम्पादेवी खड्काले सबैेको सामुहिक प्रयासबाट नेपाल बैँकको शाखा पुनस्थापना गर्न सफल भएको बताउदै पुरानो भवन ध्वस्त भएकोले यसलाई पुननिर्माण गर्नुपर्ने आवश्यकता औँल्याएकी थिईन् भने अर्की सांसद केशरी घर्तीमगरले बैँकबाट छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएकी थिईन् ।

कार्यक्रममा प्रजिअ भगिरथ पाण्डले पनि मन्तव्य दिएका थिए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply